RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/१३ गते
८१० पटक

काठमाडौं : कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले चैत ११ यता जारी लकडाउनलाई एकसाता लम्ब्याउन सिफारिस गरेको छ।

बैठकमा आवश्यक छलफल र समीक्षापछि समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्‍वर पोखरेल लकडाउन एक साता लम्ब्याउने सिफारिससहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन्।

समितिले छिमेकी देशहरु खास गरी भारतको अवस्था हेरेर लकडाउनलाई वैशाख २२ गतेसम्म लमब्याउने सिफारिस सरकारसमक्ष गरेको हो। समितिको सिफारिसपछि आवश्यक छलफल गरेर भोलि बस्‍ने मन्त्रिपरिषद्ले थप निर्णय लिनेछ ।

प्रतिकृया दिनुहोस्