RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/१४ गते
७६३ पटक

काठमाडाैं :   प्रधानमन्त्री निवासमा आइतबार दिउँसाे २ बजे बस्ने बैठकले लकडाउनकाे बारेमा छलफल हुने प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।

हिजो बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको  बैठकले लकडाउन हटाउन नहुने निष्कर्ष निकालेको हो।  समितिले अझै एकसाता लकडाउन लम्व्याउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो।

त्यस्तै काठमाडौं उपत्यकासहित सहरी क्षेत्रमा लकडाउन खुकुलो नबनाउने बरु हिमाली जिल्लामा परीक्षणका रूपमा केही खुकुलो बनाउन सकिनेबारे छलफल भएको छ। कोरोना भाइरस फैलिन नदिन भन्दै सरकारले चैत ११ गतेदेखि नेपालमा लकडाउन गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्