प्रधानमन्त्री केपीशर्मा ओलीको व्यस्तताले गर्दा बैठक सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।मन्त्रिपरिषद बैठक बस्नुभन्दा अगाडि प्रधानमन्त्री ओलीले कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट टिम(सिससएमसी)सँग छलफल गर्ने भएका छन्।
आजको मन्त्रिपरिषद बैठकले लकडाउन थप्नेबारे निर्णय गर्ने बताइएको छ। शनिबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई सात दिन लम्ब्याउन सुझाव दिएको थियो।