RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/१४ गते
६०८ पटक

काठमाडौं। सांसद यादवले नेकपाका सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको जाहेरी दर्ता गर्न खोजेका थिए।

आफूलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याइएको र यहाँ ल्याएर होटलमा राखिएको डा. यादवको जिकिर थियो। प्रहरीले भने घटना महोत्तरीमा भएकाले महोत्तरी जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन सुझाव दिएको छ। परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले भने, “घटना महोत्तरीमा भएकाले यहाँ दर्ता गर्न मिल्दैन, उतै गएर दर्ता गर्नुस् भन्ने सुझाव हामीले दियौं।”

जोहरी दर्ता नभएपछि प्रहरी परिसरबाट बाहिरिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यो मुद्दामा जाहेरी नदिँदा पनि राज्य आफैंले अनुसन्धान गर्नुपर्ने बताए । उनले भने, ‘प्रहरीलाई केही दोषारोपण गर्न चाहँदैनौं, उहाँहरुको केही बाध्यता होला ।

प्रतिकृया दिनुहोस्