RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/१५ गते
८१६ पटक

अर्थमन्त्री डा. युवराज खतिवडाले पनि संबैधानिक व्यवस्थाअनुसार जेठ १५ मा बजेट सार्बजनिक गर्नुपर्ने भएकोले बजेट निर्माणको प्रक्रिया कठिन बताएका छन् ।

कोभिड–१९ को रोकथामको लागि सरकारले नागरिकको जीवन रक्षाका लागि चालेका कदमले मुलुकको आर्थिक क्रियाकलापमा प्रतिकुल असर परेको र बजेट निर्माणमा समस्या भएको उनको भनाइ छ । “कोभिड–१९ का कारणले राजस्वको संकलनको अवस्था लक्ष्यअनुरूप छैन भने खर्च गर्ने क्षमतामा पनि कहिँ न कहिँ अवरोध आएको छ, यो अवस्थामा स्रोत थपेर बजेट निर्माणमा जुटेका छौं,” उनले भने ।

स्वास्थ्य क्षेत्रमा देखिएको जोखिम नियन्त्रणले अर्थतन्त्रमा प्रतिकुल असर परेको भन्दै उनले थिलथिलो परेको अर्थतन्त्रलाई पुनर्ताजगी दिन पनि थप स्रोत चाहिएको बताए ।

“अहिलेको बजेट निर्माणको काम अलि कठिन छ, यसअघि हामीले बजेट बनाउँदा पर्याप्त छलफल गर्ने वहस गर्ने परामर्श गर्ने गथ्र्यौं अहिले सबै सँगै बसेर गर्न सकिहरेका छैनौं,” मन्त्री खतिवडाले भने, “सामाजिक दूरी कायम राख्नुपर्ने भएकोले पनि खुला छलफल गर्न नसकेको र विद्युतीय माध्यमलाई प्रयोग गरेर सीमित कर्मचारीसँग काम गर्नु परेको छ ।”

उनले कोरोना महामारकिो बाबजुद पनि बजेटमा कार्यरत सबै मन्त्रालयका कर्मचारीहरू जोखिम मोलेर भए पनि खटिरहेको बताए । “बजेट निर्माणसँगै कोरोना भाइरसका कारण सरकारले चालेका कदमले अर्थतन्त्रमा पारेको प्रभाव बारे छलफल भइरहेको छ,” उनले भने ।

कोरोनासम्बन्धी हामीले चालेको कदमबाट तत्कालै परेको असरलाई कसरी न्यून गर्न सक्छौं त्यसतर्फ पनि छलफल भइरहेको छ । उनले लकडाउनको अवस्था लम्बिदै जाँदा अर्थतन्त्रमा प्रतिकुल प्रभाव बढ्दै गएकोले बजेट निर्माणसँगै यही आर्थिक बर्षमा सरकारले गर्न पर्ने काम हरूमा अर्थमन्त्रालय लागि रहेको जानकारी दिए ।

उनले भने, “यी कुराहरू आगामी आर्थिक बर्षको बजेटमा समावेश गरेर कार्यान्वयनमा लानुपर्ने हुन्छ त्यसको तयारीमा अर्थले काम गरिरहेको छ ।” कारोबार दैनिकबाट …

प्रतिकृया दिनुहोस्