RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/१५ गते
७४४ पटक

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली अल्पमतबाट जोगिन माधव नेपाल समूहलाई फकाउने अन्तिम प्रयास गरिरहेका छन्।

सोमबार बिहान प्रधानमन्‍त्री ओलीले नेपाललाई बालुवाटार बोलाएर मिलेर अघि जान तयार रहेको प्रस्ताव गरेका थिए। नेपालले अरु साथीहरूसँग पनि छलफल गर्नुपर्ने बताएर फर्केका थिए। त्यसपछि अहिले अपरान्ह फेरि नेपाल निवास कोटेश्‍वरमा ओली र नेपाल समूहको छलफल भइरहेको छ। ओलीका तर्फबाट उपप्रधान तथा रक्षामन्‍त्री इश्वर पोखरेल र शंकर पोखरेलगायत कोटेश्वर निवास पुगेका छन्।

आइतबार नेपाल निवासमा भएको भेलाले पार्टी र सरकार दुवैतिर ओलीको नेतृत्व असफल भएकोले विकल्प खोज्‍नुपर्ने निश्कर्ष निकालेपछि बालुवाटार झस्किएको हो। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डभन्दा नेपाललाई नै आफ्नो क्याम्पमा ल्याएर आफूलाई बलियो र सुरक्षित बनाउने बालुवाटारको नयाँ रणनीतिअनुसार नेपालसँग सम्वाद बढाइएको एक नेताले बताए।

प्रतिकृया दिनुहोस्