RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/१५ गते
५८६ पटक

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार सोमबारसम्म देशभर कोभिड १९ का संक्रमितको संख्या ५२ पुगेको छ ।

जसमध्ये १६ जना उपचारपछि घर फर्किसकेका छन् । सोमबार मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत यस्तो जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार जम्मा १ सय ६ जना आइसोलसनमा राखिएका छन् ।

यस्तै २७ हजार ५ सय ४२ जनाले स्वमुयांकन फारम भरेकोमा जम्मा ३ सय ४ जनामाथि सरकारले संकास्पद भन्दै निगरानी गरिराखेको छ । पछिल्लो २४ घण्टाको अवधिमा जम्मा ८ जना यसरी शंकास्पद वा रेडजोनमा परेका छन् ।

यस्तै हालसम्म देशभरका १६ वटा प्रयोगशालाबाट ५३ हजार भन्दा धेरैको कोभिड १९ परीक्षण भइसकेको बताइएको छ । उपचार भइरहेका ३६ जना संक्रमितको अवस्था पनि सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्