RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/१६ गते
७०७ पटक

धनगढी-कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुकमा लकडाउन जारी गरेपछि भन्सारमा आयात आधा घटेको छ ।
उच्च सतर्कता अपनाएर आयातलाई निरन्तर गरिएपनि कैलालीको त्रिनगर भन्सार नाकाहरुबाट सामान्य अवस्थाको भन्दा लकडाउनमा आधा मात्रामा आयात भइरहेको हो । आयात घटेपछि भन्सार कार्यालयहरुले लक्ष्य भन्दा आधा मात्रै राजस्व संकलन गर्न सकेको छन् ।

लकडाउनका कारण धनगढीस्थित कैलाली जिल्ला भन्सार कार्यालयको तथ्यांक अनुसार चैतमा २५ करोड ५७ लाख ३२ हजार रुपैयाँ मात्रै राजस्व संकलन भएको जनाए । भन्सार कार्यालयका लेखापाल भीम भट्टले चैत महिनाका लागि भन्सार विभागबाट ५० करोड ५९ लाख ६९ लाख रुपैयाँको राजस्व संकलन गर्ने लक्ष्य प्राप्त भएको बताए । उनले ५०.५४ प्रतिशत राजस्व असुल भएको बताए ।

उनका अनुसार वैशाख महिनाका लागि ५३ करोड ७५ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको बताए । कैलाली भन्सार कार्यालयका निमित्त प्रमुख दिल्लीप्रसाद शर्माले हालसम्म चार करोड मात्रै राजस्व संकलन भएको जनाए ।

उनले लकडाउन अवधीमा चामल, गहुँ, मकै, सोयावीन, आलु, प्याज, कोइलालगायतका अत्यावश्यक वस्तुका मालबाहक सवारी साधन त्रिनगर नाकाबाट भित्रिरहेको बताए । उनले नेपाल भित्रिने मालबहाक सवारी साधनमाथि सीमा नाका र भन्सार क्षेत्रभित्र प्रवेश गरेपछि सेनिटाइजर तथा कीटनाशक औषधी छर्कने गरेको बताए । सवारीसाधनमा अत्यावश्यक सामग्री ल्याउने व्यक्तिलाई पनि मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सुक्षाका सामग्री प्रयोग गर्न भनिएको बताए ।कारोबार दैनिकबाट ….

प्रतिकृया दिनुहोस्