RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/१६ गते
६१२ पटक

काठमाडौँ । जोन्स हप्किन्स विश्वविद्यालको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३० लाख २० हजार एक सय १७ पुगेको छ ।

अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी संक्रमित हुनेको संख्या नौ लाख ८३ हजार भन्दा बढी पुगेको छ । त्यस्तै स्पेनमा दुई लाख २९ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने इटालीमा एक लाख ९९ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।

यस्तै विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि दुई लाख ९ हजार सात सय ९९ पुगेको छ । सबैभन्दा बढी अमेरिकामा मृत्यु हुनेको संख्या ५५ हजार सात सय ३५ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना भाइरसका आठ लाख ८७ हजार संक्रमित निको भएर घर फर्किसकेका छन् । निको हुनेमा सबैभन्दा बढी स्पेनमा एक लाख २० हजार मानिस निको भएर घर फर्किएका छन् ।

प्रतिकृया दिनुहोस्