प्रधानमन्त्री ओलीले बोलाएपछि मंगलबार दिउँसो १ बजे प्रचण्ड बालुवाटार पुगेका थिए ।
दुई अध्यक्षबीचको भेटपछि नेकपाको राजनीतिको अगाडिको परिदृष्य देखिने सम्भावना रहेकाले यसलाई चासोपूर्वक हेरिएको छ ।
नेकपामा माधवकुमार नेपाल समूहले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट राजीनामा दिएर राजनीतिक निकास दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेको छ ।
चैत्र ८ मा जारी भएका राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेशपछि नेकपाको विवाद थप जटिल बनेको थियो ।