RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/१७ गते
९६३ पटक

काठमाडौं । भारतीय बलिउड अभिनेता इरफान खानको अपचारको क्रममा निधन भएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका इरफानको बुधबार बिहान ५४ वर्षको उमेरमा मृत्यु भएको ‘द हिन्दूस्तान टाइम्स’ले जनाएको छ ।

गत वर्ष खान गम्भिर अस्वस्थ भएर लामो समय लन्डनमा उपचार गराई फर्केका थिए । त्यसबेला उनलाई न्यूरोइन्डोक्राइन ट्यूमर भएको थियो । लन्डनबाट फर्केयता उनी कोकिलाबेन अस्पतालका डाक्टरको निगरानीमा थिए ।

लकडाउनको कारण इरफान आफ्नी आमाको अन्तिम यात्रामा पनि उपस्थित हुन सकेका थिएनन् । उनले भिडियो कलमार्फत आमाप्रति श्रद्धान्जली प्रकट गरेका थिए ।

प्रतिकृया दिनुहोस्