RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/११ गते
१५३७ पटक

अध्ययनका लागि चीन गएका उक्त विद्यार्थी नेपाल फर्किएका हुन् । विद्यार्थीमा कोरोना भाइरसको लक्षण देखा परेपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरस रहेको पुष्टि भएको छ ।

शुक्रबार स्वास्थ्य मन्त्रालयलले पत्रकार सम्मेलन गर्दै चीनको युवान क्षेत्रबाट नेपाल आएका एक व्यक्तिलाई प्रारम्भिक लक्षण देखिएपछि जाँचका लागि हङकङ पठाइएको र रिपोर्ट पोजेटिभ आएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

यस भाइरसका लक्षणहरु ज्वरो आउने ,रुघाखोकि लाग्ने ,निमोनिया हुने ,श्वाश्सप्रश्वासमा समस्या हुने ,सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुने हो । भाइरसका कारण अन्त्यमा मिर्गौलाले काम गर्न छोडेपछि बिरामीको मत्यु समेत हुन्छ । श्वासप्रश्वासमा समस्या हुनेहुँदा यो भाइरस सामान्यतय एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सम्भावना हुन्छ ।

 

प्रतिकृया दिनुहोस्