RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/१८ गते
७२३ पटक

मुगु : मुगुको सदरमुकाम गमगढीबाट पाँच दिनको पैदल हिँडेर हुम्ला आइपुगेका स्थानीयले यात्राको तीतो अनुभव बाँडेका छन्।लकडाउनमा सुर्खेतबाट उद्दार गरी गमगढी ल्याइएका स्थानीयले एक छाक भातको भरमा पाँच दिन हिँडेरै हुम्ला पुगेको बताएका छन्।

सुर्खेतमा अलपत्र परेका ३ सय ५३ जनालाई मुगुको सदरमुकाम गमगढीसम्म कर्णाली प्रदेश सरकारले बसको व्यवस्था गरी उद्धार गरेको थियो। जिल्लाको चंखेली,अदानचुली, खार्पुनाथ र सर्केगाड गाउँपालिकाका ३ सय ५३ जनाले सुर्खेतबाट मुगुसम्म पुग्दा पाँच दिनको अवधिमा एक छाक मात्र भात खान पाएको बताएका छन्।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत्र ११ गतेदेखि निरन्तर लकडाउन लागू गरेपछि अध्ययन, रोजगारी र उपचारका लागि सुर्खेतमा रोकिएका हुम्लीबासीलाई कर्णाली प्रदेश सरकारले सातवटा बसमार्फत गमगढीसम्म उद्धार गरेको थियो।

हुम्लाको चार स्थानीय तहका बालबालिकासहित गरी ३ सय ५३ जना हुम्लीबासी बुधबार बेलुकी भोक र थकानले हैरानी भएको सुनाए । ठाउँठाउँमा सडक अवरुद्ध हुँदा तीन दिनसम्म बाटोमै बस्नु पर्दा साथमा ल्याएका चाउचाउ र बिस्कुट समेत सकिएपछि पानीको भरमा तीन दिन रात कटाएको चंखेली गाउँपालिका ४ का धीरबहादुर शाहीले बताए ।

उनले सुर्खेतबाट हिँडेको दिनबाट एक छाक मात्र जुम्लाको गोठिज्युलाका स्थानीय युवाले पकाएको भात खान पाएको बताए।  ठाउँठाउँमा सडक अवरुद्ध हुँदा सुर्खेतबाट हिँडेको दिनदेखि बसभित्रै बसेर चाउचाउ र बिस्कुटको भरमा बस्दा बालबालिका र बुढाबुढीले निकै सास्ती खेपेका थिए।

बाटोमा होटलले खाना त के चाउचाउसम्म बेच्न मानेका थिएनन्। जुम्लाको गाठीज्युलाका  युवाले भात पकाएर तयार गरेका रहेछन् सबै हुम्लीबासीले त्यही एक छाक भात खान पाएको चंखेली गाउँपालिका २ का जनक बुढाले नमिठो अनुभव सुनाए।

बुधबार गमगढी पुगेका हुम्लीबासीलाई प्रहरी प्रशासनले एकछिन पनि रोक्न दिएको थिएन। त्यहाँको जिल्ला अस्पतालको छेउमा जम्मा भएका हुम्लीबासीलाई नेपाल पत्रकार महासंघका अध्यक्ष नृपेन्द्र मल्लले पानी, बिस्कुट र चाउचाउ वितरण गरेका थिए।

स्थानीय प्रहरी प्रशासनले बजारमा प्रवेश गर्न नदिएपछि भीरालो पाखोहुँदै जिल्ला अस्पताल छेउमा पुगेका हुम्लीबासीलाई राती ८ बजे मुगु नेकपाका नेताले जिल्ला अस्पताल र जिल्ला समन्वय समितिको भवनमा बस्न व्यवस्था गरेका थिए।

बसमार्फत गमगढीसम्म आइपुगेका भएपनि हुम्लीलाई गमगढीबाट घर पुग्न एकदेखि तीनदिनसम्म लाग्ने भएपनि वृद्धवृद्धा,बालबालिका भएकाले पुग्न ढिलो भएको हो।अन्नपुर्ण पोष्ट दैनिकबाट

प्रतिकृया दिनुहोस्