RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/१८ गते
६०८ पटक

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद तथा पूर्वराज्य मन्त्री डा.सुरेन्द्र यादवले आफूलाई ‘अपहरण गरी बन्धक बनाइ काठमाडौं ल्याएको भन्दै उनले यसअघि महानगरीय प्रहरी परिसर, सरकारी वकिल कार्यालय काठमाडौंमा किटानी जाहेरी दिए पनि दर्ता भएको थिएन।

आयोग कार्यालय पुगेका डा.यादवले सदस्य प्रकाश वस्ती र मोहन अन्सारीसँग भेट गरी उजुरी पत्र दिएका छन् । उजुरीपत्र बुझ्दै आयोगका सदस्य प्रकाश वस्तीले उजुरीकर्ताले भनेजस्तो अपहरण भएको हो कि होइन भन्नेबारे अनुसन्धान गर्ने बताए ।

‘सत्ता र शक्तिका आडमा उनीहरूले मेरो ज्यान लिन सक्ने अझै पनि जोखिम छ,’ सांसद यादवले दिएको निवेदनमा भनिएको छ, ‘सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्वआइजिपी खनाललाई पक्राउ गरी आवश्यक छानबिन र कारबाही गर्नुपर्छ।’

 

प्रतिकृया दिनुहोस्