RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/११ गते
२६०५ पटक

राष्ट्रिय सोनाम ल्होछार २८५६ बृहत् मूल समारोह समितिले राजधानीको टुँडिखेलमा एक औपचारिक कार्यक्रम गरेको छ । विशेष गरी १२ जीवजन्तुलाई आधार मानेर ल्हो चक्रमा विश्वास गर्ने र जन्मदेखि मृत्यु हुँदासम्म पनि सोही चक्रका आधारमा विभिन्न संस्कार गर्ने परम्परा छ ।

तामाङ समुदायले हरेक माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार मनाउने गर्दछन् । ल्होछारको अवसरमा शनिबार दिउँसो टुँडिखेलमा एक सांस्कृतिक कार्यक्रम हुँदै छ । कार्यक्रममा तामाङ वेशभूषा झल्कने वस्त्र तथा टोपी लगाएर यही समुदायका मानिस भेला हुँदै छन् ।

यो ल्होछारका अवसरमा हुने र भइरहेका कार्यक्रमलाई मूल आयोजक समितिसहित तामाङ पत्रकार संघ, नेपाल तामाङ लामा घेदुङ, भाषा विभाग नाङ्साल÷डाजाङ, विद्यार्थी घेदुङ ताम्सालिङ संघर्ष समिति, राष्ट्रिय महिला घेदुङ बौद्ध तामाङ समाज, ल्होज्याङ तामाङ, संस्कृति घेदुङ, राष्ट्रिय संस्कृति घेदुङ कलाकार संघले साथ दिएका छन् ।

ल्होछारका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम, दीपावली, सांस्कृतिक झाक्री कार्यक्रम, तामाङ कविता प्रतियोगिता, ल्होछारसम्बन्धी अन्तक्र्रियालगायतका कार्यक्रम आयाजकले गरेको जनाएको छ ।

ल्होछारको अवसरमा राजधानीको टुँडिखेलमा हुने विशेष कार्यक्रममा विभिन्न वेशभूषा, तामाङ संस्कृति झल्कने झाँँकी, विभिन्न परिकार तथा तामाङ जातिसम्बन्धी पुस्तक, गीति क्यासेटका स्टलहरू राखिने तयारी छ । शनिबार बिहान साढे ११ बजे शान्ति बाटिकाबाट एक विशेष सांस्कृतिक -याली निकालिँदै छ ।

 

प्रतिकृया दिनुहोस्