RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/१९ गते
६४५ पटक

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको राजीनामा मागिरहेका बेला राजदूत यान्छीको भेटघाटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

प्रधानमन्त्रीसँग झण्डै ढेड घण्टा उनले छलफल गरेको बालुवाटार स्रोतले बताएको छ । प्रधानमन्त्रीसँग उनले के बिषयमा छलफल गरिन् ? त्यो भने खुल्न सकेको छैन ।

विहीबार प्रधानमन्त्री ओलीसँग भेटर्वार्ता गरेकि राजदूत यान्छीले शुक्रवार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटर्वार्ता गरेकि छन् । प्रचण्ड निवास खुमलटार पुगेर उनले प्रचण्डसँग भेटवार्ता गरेको स्रोतले बताएको छ ।

 

प्रतिकृया दिनुहोस्