RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/११ गते
१३२७ पटक

सडक निर्माणको बिल पास गरिदिने नाममा उपभोक्ता समितिसँग घुस खाने जाजरकोटको जुनिचाँदे गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसी रंगेहात पक्राउ परेका छन् ।

केसीलाई उपभोक्ता समितिसँग लिएको आठ लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतको टोलीले शुक्रबार वीरेन्द्रनगर–७ कटकुवाबाट पक्राउ गरेको हो । अध्यक्ष केसीसँगै गाउँपालिका उपाध्यक्ष शिवा आचार्यका श्रीमान् चन्द्रबहादुर बस्नेत पनि पक्राउ परेका छन् ।

प्रदेश विकास परिषद्को बैठकमा सहभागी हुन वीरेन्द्रनगर आएका केसी बैठक नै छाडेर उपभोक्ता समितिका सदस्यसँग घुस लिन कटकुवा पुगेका थिए ।

उपभोक्ता समितिका पदाधिकारीकै सहयोगमा गाउँपालिका अध्यक्ष केसी र उपाध्यक्षका श्रीमान् बस्नेतलाई दिउँसो २ बजे कटकुवा हेल्थपोस्टनजिकै पक्राउ गरिएको अख्तियार सुर्खेतका प्रवक्ता मेघनाथ सापकोटाले बताए ।

 

प्रतिकृया दिनुहोस्