RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/१९ गते
११२७ पटक

काठमाडौं। भारतमा लकडाउन फेरि दुई साता थप गरिएको छ। गृहमन्त्रालयमा शुक्रबार भएको छलफलमा भारत सरकारले कोभिड-१९ संक्रमणको जोखिम नघटेको भन्दै १७ मे सम्मका लागि लक डाउन थप गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतको गृहमन्त्रालयका मन्त्रालयका अनुसार यसपटक बढाइएको लकडाउनको अवधिमा मुलुकको ‘रेड जोन’मा रहेका एक सय ३० जिल्लामा कुनै छुट दिइने छैन । ‘अरेन्ज जोन’ र ‘ग्रीन जोन’मा रहेका जिल्लाहरुलाई भने केही छुट दिइनेछ । दिल्ली, मुम्बई, पुने, अहमदावाद, हैदरावाद, लखनऊ, इन्दोर र जयपुरजस्ता क्षेत्र ‘रेड जोन’ मा परेका छन् ।

साथै उत्तर प्रदेशको १९ जिल्लालाई पनि ‘रेड जोन’ घोषणा गरिएको छ । २८४ ‘अरेन्ज जोन’मा परेका जिल्लामा पनि ‘रेड जोन’मा जस्तै लकडाउन रहनेछ । तर, यी क्षेत्रमा छुट्याइएको ‘हटस्पट’ बाहिरको क्षेत्रमा भने लकडाउनमा केही छूट हुनेछ ।

यो बैठकमा गृहमन्त्री अमित शाह, वित्तमन्त्री निर्मला सीतारमण, चिफ फ डिफेन्स स्टाफ विपिन रावत, रेलमन्त्री पीयूष गोयलसहित सचिवतहका अन्य कर्मचारी पनि सहभागी थिए।

 

प्रतिकृया दिनुहोस्