RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/२० गते
६३९ पटक

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि झन्डै ३३ अर्बको बजेट ल्याउने तयारी गरेको छ।

निर्धारित असार १ गतेभित्र बजेट ल्याउन तयारी तीव्र रुपमा भइरहेको  पत्रकारसँग कुरा गर्दै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताए।

बजेट निमार्णका लागि संघीय सरकारले सिलिङ उपलब्ध गराएको उनको भनाइ छ। उनका अनुसार संघले समानीकरण अनुदानतर्फ साढे १० अर्ब, राजस्व वाँडफाँटतर्फ साढे सात अर्ब र आन्तरिक स्रोत ३९ करोडको अनुमान गरी बजेट निमार्णको काम भइरहेको उनले बताए।

बजेट ल्याउनका लागि नीति तथा कार्यक्रमको तयारी भइरहेको र बजेट निमार्णअघि विभिन्न माध्यमबाट सुझाव संकलनको काम भइरहेको उनले बताए।

बजेटको पहिलो प्राथमिकता स्वास्थ्य  अब आउने बजेटको पहिलो प्राथमिकता स्वास्थ्य हुने योजना मन्त्री ज्वालाको भनाइ छ।

प्रतिकृया दिनुहोस्