RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/२० गते
९६५ पटक

काठमाडौं ।  शनिबार राति सम्पन्न पार्टीको सचिवालय बैठकले आगामी बैशाख २५ गते सचिवालय बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । त्यसअघि वैशाख २४ गते स्थायी कमिटी बैठकको लागि आवश्यक तयारीका लागि सचिवालय बैठक बोलाइएको पनि बताए ।

सचिवालय बैठकले स्थायी समिति बैठकको एजेण्डा तय गर्नेछ ।

यसअघि नेकपाभित्र विवाद बढ्दै गएपछि स्थायी समितिको बैठक बोलाउन पार्टीमा दवाव बढेको थियो । पार्टीका २० स्थायी समिति सदस्यले त्यसका लागि अध्यक्षद्वय केपी ओली र प्रचण्डलाई पत्र समेत बुझाएका थिए ।

प्रतिकृया दिनुहोस्