RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/१ गते
५३३ पटक

काठमाडौं :  ४३ लाख ४३ हजारभन्दा बढी संक्रमित भएका छन्। हालसम्म अमेरिकामा सबैभन्दा धेरै अर्थात १३ लाख ८९ हजारभन्दा धेरै मानिसहरु कोरोनाबाट संक्रमित भएका छन्। त्यहाँ महामारीबाट ज्यान गुमाउनेको संख्या ८४ हजार १०६ जना पुगेको छ।

नेपालको दक्षिणी छिमेकी देश भारतमा अहिलेसम्म ७४ हजार भन्दा धेरै मानिसमा कोरोना संक्रमण भएको छ भने ज्यान गुमाउनेको संख्या दुई हजार ४०० नाघेको छ। बुधबार फ्रान्समा थप ८३ जनाको ज्यान गएको छ।

त्यहाँ अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २७ हजार ७४ जना पुगेको छ। बेलायत, इटली र स्पेनमा पनि २७ हजार भन्दा धेरै संक्रमितको ज्यान गएको छ। बुधबार स्पेनमा थप १९५ जनाको मृत्यु भएको छ। बेलायतमा थप ४९४ जना संक्रमितले ज्यान गुमाएका छन्।

प्रतिकृया दिनुहोस्