
राष्ट्रपति विद्यादेवी भण्डारीले सवै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्ने बताएकी छिन् । रोजगारी सूचना केन्द्रसमेत स्थापना गरिने उनले बताएकी छिन् ।
राष्ट्रपति भण्डारीले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै श्रमिक र रोजगारदाताबीच सम्पर्क गराउने गरी यस्ता केन्द्र स्थापना गरिने बताएकी हुन् ।
……………
सरकारले ‘चीनौँ आफ्नो माटो, बनाउँ आफ्नो देश’ अभियान सञ्चालन गर्ने भएको छ ।
यसमार्फत स्नातकोत्तर युवाहरुलाई विकास निर्माण तथा शैक्षिक विकाससम्बन्धी काममा मुलुकभर परिचालन गरिने भएको छ ।
सरकारको नीति तथा कार्यक्रमबारे संसदमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले उक्त कार्यक्रममार्फत देश विकासमा हरेक युवालाई जोड्ने सरकारको तयारी रहेको बताइन् ।
…………….
देशभर एकीकृत एम्बुलेन्स सेवा उपलव्ध गराइने भएको छ ।
तीन अंकको नम्बरमा देशभर एम्बुलेन्स सेवा उपलव्ध गराइने घोषणा राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरेकी छिन् । प्रत्येक प्रदेशमा ५ सय शय्याको अस्पताल निर्माण तथा विस्तार गरिने समेत घोषणा उनले गरेकी छिन् ।
त्यस्तैगरी स्याटेलाइट अस्पतालको सुविधा समेत मिलाइने छ भने रोगको रोकथाम तथा नियन्त्रणका राष्ट्रिय रोग नियन्त्रण केन्द्र–नेपाल स्थापना गरिने छ ।
कोभिड१९ जस्ता संक्रामक रोगको उपचार कार्यका लागि अत्याधुनिक प्रयोगशालासहित केन्द्रमा ३०० र प्रदेशमा १००-१०० शय्याको सुविधा सम्पन्न सरुवा रोग अस्पताल स्थापना गरिने भएको छ ।
वीरेन्द्र शैनिक अस्पताललाई आपतकालिन अस्पतालको रुपमा विकास गरिने भएको छ ।
……………..
आगामी आर्थिक वर्षभित्रमा नेपाललाई साक्षर राष्ट्र घोषणा गर्ने सरकारले लक्ष्य लिएको छ ।
सरकारको नीति तथा कार्यक्रमबारे संसदमा सम्बोधन गर्ने क्रममा राष्ट्रपति विद्या भण्डारीले आगामी आर्थिक वर्षमा नेपाललाई पूर्ण साक्षर राष्ट्र बनाउन लागिएको बताएकी हुन् ।
त्यस्तै, शिक्षामार्फत हरेक युवालाई देशभक्त, भविष्यप्रति आशावान, आत्मविश्वासी, सिर्जनशील बनाउने सरकारको लक्ष्य लिएको राष्ट्रपतिले जनाइन् ।
विषयगत जनशक्ति उत्पादन गर्ने शिक्षामा सरकारले ध्यान दिने भएको छ ।
………
राष्ट्रपति भण्डारीले आगामी तीन वर्षभित्र देशका सवै नागरिकलाई स्वास्थ्य बिमामा समेट्ने बताएकी छन ।
राष्ट्रपति भण्डारीले संघीय संसदमा सरकारको आगामी आव २०७७र७८को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सवै नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा समेट्ने बताइन् ।
हाल स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ५ सय ५१ स्थानीय तहका २७ लाख भन्दा बढी नागरिकको स्वास्थ्य बीमा गरिएको उनले जानकारी दिइन ।
आगामी तीन वर्षभित्र सवै नागरिकमा पुग्ने गरी स्वास्थ्य बिमालाई विस्तार गरिने उनले बताइन ।
……….
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हाल कायम रहेका अञ्चल अस्पतालहरुलाई आगामी वर्ष दुई सय शैयाको बनाउनका लागि सरकारले काम गर्ने बताएकी छिन् ।
त्यस्तै, भुगोल र जनसङ्ख्याको आधारमा ५ देखी १५ शैयाको आधारभुत अस्पतालको विकास र स्तरोन्नति गरिने पनि प्रस्तुत कार्यक्रममा उल्लेख छ ।
भण्डारीले अस्पतालको सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताएकी छन् । प्रदेशमा रहेको सविकको जिल्ला अस्पतालहरुलाई २५ देखी ५० शैयाको अस्पतालमा विकास गरीने पनि बताइन् ।
…………….
नेपाललाई कोभिड–१९ मुक्त राष्ट्र बनाउन सवै खालका कार्य गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले बताइन ।
आगामी आर्थिक वर्ष स्वास्थ्यका कार्यक्रमहरुसमेत लागू गरिने भएको छ ।
सरकारले फजुल खर्च कटौती गरेर उत्पादन मुलुक क्षेत्र विकासको साथै आत्मनिर्भर अर्थतन्त्रको विकासमा केन्द्रीत हुने राष्ट्रपतिले बताएकी छन् ।
महामारीसँग लड्नु परेको विषम परिस्थितीमा कृषि, औधोगिक विकास, आर्थिक उपलव्धी तथा विकासको समन्यायिक वितरण गर्नेसमेत आगामी बजेट प्राथमिकता पाउने घोषणा निती तथा कार्यक्रम मार्फत राष्ट्रपति भण्डारीले गरेकी छन् ।
……………..
राष्ट्रपति भण्डारीले ‘संमृद्ध नेपाल सुखी नेपली’ अभियानमा सरकार थप दृढ रहेको बताएकी छिन ।
महामारीसँग जुध्नु परिरहेको विषम परिस्थीतीमा पनि नेपालाई संवृद्ध बनाउने र सवै नेपालीलाई सुखी बनाउने अभियानमा सरकार थप दृढका साथ अघि बढ्ने उनले बताईन ।
……………….
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले फजलु खर्च रोक्ने तथा आयोजनाहरु समयमै सम्पन्न गर्ने नीति लिएको बताइन् ।
सामग्र सन्तुलित विकासका लागि सरकाले शुरु गरेका रुपान्तरणकारी , क्षेत्रगत र राष्ट्रियस्तरका आयोजना र कार्यक्रमहरु तोकिएको समय र लागतमा सम्पन्न गर्ने उनले बताईन् ।
आयोजना तथा कार्यक्रहरुको पुनः प्राथमिककीकरण गर्ने, फजलु खर्च रोक्ने तथा वित्तीय अनुशासन कार्यम गर्ने उनले बताइन ।
उत्पादन र रोजारीमा लगानी केन्द्रित गर्ने सरकारको नीति तथा कार्यक्रम रहेको उनले बताईन् ।
………………
राष्ट्रपति विद्या देवी भण्डारीले सरकार गठन भएको दुई वर्षमा उत्साहजनक सफलता मिलेको दावी गरेकी छन् ।
भण्डारीले सरकार गठनपछि पूर्णत स्थायित्व आउनुको साथै सुशासन प्रर्वद्धनको साथै विकासले गति समातेको समेत दावी गरेकी छन् ।
उनले स्थानीय तह, प्रदेशका संरचनाहरु खडा गरेर क्रियाशिल भएको साथै वित्तिय हस्तान्तरणको कार्य समेत सफल भएको बताइन् ।
साथै उनले नेपाललाई सरकारको यही कार्यकाल विकासशील राष्ट्रमा स्तरोन्नती गरिने बताइन् ।
दीर्घकालिन योजनाअनुसार समुन्नत राष्ट्रको स्तरमा पु¥याउने गरी आर्थिक र सामाजिक योजना तथा कार्यक्रम अघि बढाइएको उनले बताईन् ।
………….
राष्ट्रपति भण्डारीले तुईनको प्रतिस्थापन गर्ने सरकारको प्रतिवद्धता पुरा भएको बताइन् ।
राष्ट्रपति विद्यादेवी कोरोना भाइरसको संक्रमणविरुद्ध एकढिक्का भएर लाग्न सबैलाई आग्रह गरेकी छिन् ।
उनले भनेकी छिन् -नेपाल सरकारले चालेको कदममा साथ दिई सहयोग गर्नुभएकोमा सबैमा हार्दिक धन्यवाद प्रदान गर्दछु ।संक्रमण थप फैलिन नदिन र महामारी फैलिन नदिनका लागि सबैलाई आग्रह गर्दछु ।
……………….
सघीय संसद्को संयुक्त बैठक सुरु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को संयुक्त बैठकलाई सम्बोधन गरिरहेकी छिन् ।
राष्ट्रपति भण्डारीले देश कोरोना भाइरससँग गम्भीर परिस्थितीसँग जुधिरहेको उल्लेख गरेकी छिन् । साथै उनले सरकारले चालेको कदममा साथ दिएकोमा सर्वसाधारणलाई धन्यवाद दिइन् ।
राष्ट्रपति भण्डारीको सम्बोधन जारी रहेको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले ११ चैत ०७६ देखि लकडाउन सुरु गरेयता संघीय संसदमा आज हालसम्मकै ठूलो जमघट भएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दा संसदमा दूरी कायम गरेर सिट व्यवस्थापन गरिएको छ ।
विगत वर्षजस्तो कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई बोलाइएको छैन ।
संवैधानिक आयोगबाट पनि अध्यक्षलाई मात्र बोलाइएको छ ।
पिसिआर विधिबाट कोरोना परीक्षण नगराएका नौ सांसद उपस्थिति भएका छैनन् ।
…………..
प्रधानमन्त्री केपी ओली संसदको जारी छैटौँ अधिवेशनमा पहिलो पटक संसद बैठकमा उपस्थित भएका छन् । संसदको छैटौँ अधिवेशन गत २६ वैशाखमा शुरु भएको हो ।
बजेटका सिद्धान्त र प्राथमिकता सम्बन्धि छलफलमा सांसदहरुले प्रधानमन्त्री उपस्थित हुनुपर्ने बताएका थिए । तर, ओली उपस्थित भएका थिएनन् ।
शुक्रबारको संघीय संसदको संयुक्त बैठकमा प्रधानमन्त्री केपी ओलीले राष्टपति विद्यादेवी भण्डारीलाई नीति तथा कार्यक्रम हस्तान्तरण गरेका छन् ।
राष्टपछिले बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छिन् । ……………………….www.nayapatrikadaily.com