बेइजिङ । आइतबारसम्मको तथ्याङ्कमा मात्रै ५६ जनाको मृत्यु भएको र दुई हजार जति संक्रमित भएको देखाएको छ । शनिबारसम्म ४२ जनाको मृत्यु भएको थियो । एकै दिनमा थप १४ जनाको मृत्यु भइसकेको छ ।
चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार ६ सय ८८ जनामा संक्रमण देखिएको पुष्टि भएको छ । मृतयु हुनेमा हुवेइ प्रान्तका १३ जना रहेका छन् । हेनान प्रान्तमा दुई जनाको मृत्यु भएको छ । हुवेइमा मात्रै ३ सय भन्दा बढी संक्रमित भइसकेको अधिकारीहरुले बताएका छन् ।