RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/६ गते
९६९ पटक

काठमाडौँ, जेठ ६ गते । चीनमा खरिद गरिएको स्वास्थ्य सामाग्री नेपाली सेनाले नेपाल एयरलाइन्सको वाइडबडीमार्फत नेपाल ल्याएको छ ।

मङ्गलबार बिहान नेपाली सेनाले चीनबाट खरिद गरेको मध्ये १८.८४ टन सामग्री नेपाल आइपुगेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो । पाण्डेले नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फत पिसिआर परीक्षणका लागि चाहिने किट, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), एन ९५ मास्क, ग्लोब्स् यो चरणमा नेपाल ल्याएको बताउनुभयो । यसअघि पहिलो चरणमा सेनाले वैशाखमा नौ टन स्वास्थ्य सामाग्री ल्याएको पाण्डेले जानकारी दिनुभयो ।

‘चीनको ग्वान्झाओबाट २२, २४ र २५ वैशाखमा सेनाको सामान बोकेको कन्टेनरले शनिबारमात्रै नौ टन स्वास्थ्य सामग्री काठमाडौँ ल्याइसकेको छ’ पाण्डेले भन्नुभयो । गोरखापत्र अनलाइन……

प्रतिकृया दिनुहोस्