RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/८ गते
८९३ पटक

काठमाडौँ – अम्पुनसँगै स्थानीय वायुको प्रभावका कारण पनि देशका अधिकांश क्षेत्रको मौसम बदली भएको छ।

अहिले देशको पूर्वी र मध्य भू–भागमा पूर्ण बदली रही पश्चिमाका आंशिक बदली रहेको मौसमविदले बताएका छन् । बिहीबार दिउँसो देशको पूर्वी भू–भागमा पूर्ण बदली र मध्य क्षेत्रमा सामान्य बदली रहने छ ।

पूर्वका केही र पश्चिम तथा मध्य क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।पूर्वको उच्च हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत संभावना रहेको मौसमविदले बताएका छन् ।

पूर्वका केही स्थान र मध्य क्षेत्रका एक–दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।पूर्वी तथा मध्य क्षेत्रका उच्च हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्ययम हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रतिकृया दिनुहोस्