RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/९ गते
७०८ पटक

काठमाडौं :   नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका हुन्।

खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रदेश सरकारले स्थापना गरेको कोरोना विशेष आइसोलेशन अस्पतालमा उपचार गराईरहेका उनीहरुमध्ये पहिलो सङ्क्रमितको तेस्रो पटकको परीक्षणमा मात्रै नेगेटिभ रिपोर्ट आएको भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेण्डेण्ट डा  प्रकाश थापाले बताए।

२० जनाको भने दोस्रो र तेस्रो पटकको रिपोर्ट नेगेटिभ आएको थियो।  कोरोना पराजित गरेका २१ जनालाई आज नै स्वास्थ्य परामर्शपछि घर पठाइने  तयारी गरिएको छ।

 

प्रतिकृया दिनुहोस्