RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/९ गते
६६९ पटक

काठमाडौं । मन्त्रिपरिषद्को निर्णयअनुसार शुक्रबार दिउँसो कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले शुक्रबार संसद् सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेकी हुन् ।

५ जेठमा मन्त्रिपरिषद्ले स्वीकृत गरेर ७ जेठमा जारी गरिएको नेपालको पूर्ण नक्शाले हालको निशान छापमा रहेको नक्शालाई प्रतिस्थापन गर्न संविधान संशोधनको प्रस्ताव दर्ता गरिएको हो। संविधानको अनुसूची-३ मा निशान छापसम्बन्धी व्यवस्था छ ।

संशोधन प्रस्ताव पारित भएपछि नेपालको निशान छापमा पनि सरकारले बुधबार जारी गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा हुनेछ ।

 

प्रतिकृया दिनुहोस्