RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/१३ गते
९१० पटक

हेटौंडा-सरकारले यातायात व्यवसायीमाथि विभेदकारी नीति लागू गरिएको भन्दै आपत्ति जनाइएको छ । यातायात क्षेत्र देशकै मेरुदण्ड भएको भन्दै यस क्षेत्रमा देखिएका समस्या र चुनौतीहरुलाई सरकारले पार लगानुपर्नेमा सरोकारवालाले जोड दिएका हुन् ।

नारायणी यातायात व्यवसायी संघको रुपान्तरित कम्पनी पुरानो नारायणी यातायात कम्पनी प्रालिको शनिबार हेटौंडामा भएको वार्षिक साधारणसभामा बोल्ने वक्ताहरुले राज्यले यातायात व्यवसायीमाथि विभेदकारी नीति लागू गर्नु नहुने धारणा राखेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले यातायात व्यवसायीको संरक्षण गर्नु राज्यको दायित्व भएको भन्दै व्यवसायीको हितमा राज्यले ठोस नीति बनाउने बताए । सरकारले तोकेको भाडादर कायम गराउन पनि सबैको सहयोग आवश्यक रहेको उनले बताए ।

“यातायात व्यवसायीको हक र हितको लागि सदैव तयार छौं, केही गल्ती कमी कमजोरी भएको छ भने सच्याउँदै जान सकिन्छ । तर, वर्तमान व्यवस्थामा सबै क्षेत्रलाई राम्रो वातावरण सिर्जना हुन्छ,” मन्त्री जम्कट्टेलले भने । लामो त्याग र बलिदानीबाट समानुपातिक, समावेशी राज्य व्यवस्था स्थापना भएको भन्दै यातायात व्यवसायीले पनि यसको प्रतिफल पाउने उनको भनाइ थियो ।

“जनताको आशा र विश्वासअनुसार काम हुन नसक्दा केही असन्तुष्टिहरु पनि सुनिन्छन् तर, असन्तुष्टि रह्यो भन्दैमा वर्तमान राज्यव्यवस्था नै परिवर्तन गर्नुपर्छ भन्नु गलत हुन्छ,” जम्कट्टेलले भने । व्यवस्था परिवर्तन भएसँगै सबैको सोच र व्यवहार पनि परिवर्तन हुनुपर्ने उनले बताए ।कारोबार दैनिकबाट …

प्रतिकृया दिनुहोस्