RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/२४ गते
१३७० पटक

विहिवार सुर्खेतको पञ्चपुरी नगरपालिकाको क्वारेन्टाइनबाट घर फर्किदा मृत्यु भएका युवकसहित कर्णालीमा थप १ सय जनामा पुष्टि भएको समाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।

शुक्रबार प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठा जुम्ला र पशुपंक्षि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा पीसीआर परीक्षण गर्दा दैलेख, सुर्खेत, जुम्ला, हुम्ला, जाजरकोट, दोलखा, रामेछाप र गोरखाका १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशमा १० जिल्लामध्ये डोल्पा र रूकुमपश्चिम बाहेक ८ जिल्लामा कोरोना संक्रमण देखिएको छ । विहिबारसम्म कर्णालीका ६ जिल्लामा फैलीएको कोरोना संक्रमण शुक्रबार जाजरकोट र हुम्लामा पनि,फेला परेको छ ।

कर्णालीका सुर्खेत, दैलेख, सल्यान, कालिकोट, जुम्ला, हुम्ला, जाजरकोट र मुगु जिल्लामा कोरोना संक्रमण पुगेको हो भने कोरोना संक्रमणबाट कर्णालीमा २ जनाको मृत्यु भइसकेको छ । दैलेखको दुल्लु नगरपालिकाका ३५ वर्षीय युवक र सुर्खेतको पञ्चपुरीका १८ वर्षिय युवकको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

कर्णाली प्रदेशमा कोरोना संक्रमणमा दैनिक रुपमा तीव्र बढोत्तरी भइरहेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना हुम्लामा पनि पुगेको छ। हुम्लाको चंखेली गाउँपालिका वडा नं. ३ का ५८ वर्षीया पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

जाजरकोटको भेरी नगरपालिका वडा नं. १० का १९ वर्षीया युवामा कोरोना देखिएको हो । कर्णालीमा शुक्रबार १ सय जनामा कोरोना पोजेटीभ देखिदा हुम्ला र जाजरकोटमा पहिलो पटक एक १ जना कोरोना पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ४ सय ८९ पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्