RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/२९ गते
११२४ पटक

काठमाडौं ।  नेपाली र विदेश एयरलाइन्स सञ्चालन गरी नेपाल ल्याउन थालिएको हो । विहीबार कुवेतबाट ३०० नेपाली नेपाल फर्किदैछन् भने बुधवार पनि २ सय नेपाल फर्केका छन् ।

विदेशमा अलपत्र परेका नेपालीहरुलाई ल्याउन सरकारले भाडासहितको जहाज र तालिका सार्वजनिक गरेको छ । नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्स जहाजबाट नेपाल ल्याइदैछ भने विदेशी एयरलाइन्सलाई पनि आउने अनुमति संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दिएको छ । नेपाल एयरलाइन्सले २४ र हिमालय एयरलाइन्सले १९ उडान गर्ने तालिका सार्वजनिक भएको छ ।

फर्किने नेपालीले कोरोनाको परीक्षण अनिवार्य गराउनु पर्नेछ । कोरोना परीक्षणको प्रमाण पत्र पेश गरेपछि मात्र नेपाल ल्याउन तयारी गरिएको छ ।

सरकारले पहिलो विमान बंगलादेश पठाउने भएको छ । ३२ जेठमा पहिलो उडान हुने भएको छ । नेपाल वायुसेवा निगमको जहाजले पहिलो उडान भर्नेछ। १ असारमा मलेसिया, साउदी अरब, सिंगापुर, कम्बोडिया र ओमनबाट एक–एक उडान भर्ने भएको छ । २ असारमा युएई, कतार, कुवेत र श्रीलंकामा एक–एक उडान र असार ३ गते अस्ट्रेलिया, बैंकक, बहराइन, बंगलादेश, कतार र अमेरिकामा एक–एक उडान भर्ने तालिका सार्वजनिक गरेको छ ।

४ असारमा साउदी अरब, युएई, मलेसिया र ओमनमा एक–एक उडान, ५ असारमा जापान, कुवेत, साउदी अरब र नाइजेरिया उडान हुनेभएको छ । ६ असारमा साइप्रस, मलेसिया, कतार, युएई, बंगलादेश र युरोपमा एक–एक चार्टर उडान हुने छ भने ७ असारमा दक्षिण कोरिया, ओमन, कुवेत, मलेसियाबाट दुई–दुई चार्टर उडान हुनेछन्।

८ असारमा अस्ट्रेलिया, बैंकक, पाकिस्तान र कतारबाट एक–एक चार्टर उडान हुनेछ भने ९ असारमा जापान, माल्दिभ्स, यूएई र युगान्डाबाट दुई–दुई उडान हुनेछन्। १० असारमा साउदी, कुवेतबाट दुई–दुई उडान र ११ असारमा अमेरिका र साइप्रसबाट एक–एक उडान हुने मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्