
नेकपा दुल्लु नगर कमिटी सदस्य युवा नेता तथा समाजसेवी तिर्थ सुनार हाल बिरिरेन्द्र नगर सुर्खेतमा व्यवसाय गर्दै आएका एक सफल युवा व्यवसायि पनि हुन्।
उनि दैलेख जिल्ला साविकको काल भैरव गाविस वडा नं.६ हालको दुल्लु नगर पालिका वडा नं ११ स्थित आमा मैनकला सुनार र बुबा सरु सुनारवाट २०४९ साल वैशाख २ गते जन्मेका हुन्।
गाउँको दलित परिवारमा जन्मेका तिर्थ ७ दाजुभाई मध्यको राईलो हुन ठुलो र गरिव परिवारमा जन्मेका उनले सानै उमरेमा धेरै नै दुःख पाएको अनुभव सुनाउछन्। दुःख पिडा सहदै भानु मा.वि तोराया देखि प्रारम्भिक शिक्षा सुरु गरेका तिर्थले प्रविणता प्रमाण पत्र तह सम्म अध्ययन गरेका छन्।
सहयोगी भावना भएका तिर्थले व्यवसाय सुरु गर्दा गदै २०६८ साल माघ महिनामा दिपा सुनार सगं वैवाहिक जिवन सुरु गरे हाल उनका एक छोरा र एक छोरी छन्। सानो परिवार सग रमाउदै वसेका तिर्थ सुन चादी व्यवसाय सगसगै दिन दुखिलाई सेवा गर्न औधि रुचाउन छन्।
आफु गरिव परिवारमा जन्मेर पाएको दुख पिडालाई सम्झदै कुनै पनि दुखि दरिद्र देख्नासाथ आफ्नो क्षमताले भ्याए सम्मको सहयोग गर्ने भावना सृजना भएर आउने गरेको तिर्थ वताउछन्।
आफ्नो पू्र्खाले गाउँ वस्तिका घर-घरमा गएर सुनचाँदीका गर-गहना बनाउने त्यसैको कमाईवाट जिबिका चलाउने गरेको ईतिहास रहेको र आफ्नो पुर्वजले गरेको पेशालाई आधुनिकिकरण गरि आफ्ना दाजु भाईहरु अहिले सुर्खेतमा सुनचादी व्यवसाय गर्दै आएको तिर्थ जनाउछन्।
बिरेन्द्रनगर पालिका सुर्खेत यरिचोक को खोर्केलाइनमा न्यु दैलेखीपंन्चकोसी कालभैरव आभुसण काला केन्द्र नामक सुनचाँदी पसल गरेका एउटा व्यवसाय मात्र नभै गरिव असाय र अनाथहरुलाई विभिन्न खालको सहयोग गरी सामाजिक सेवा मार्फत तिर्थले पुन्य कमाउदै दुखी गरिब मानिस लाई तिर्थ सहयोग गर्दै आएका छ्न।
जिन्दगीमा दिनदुखी गरिब र बेसहारा मानिस लाई सहयोग गरेको भन्दा जिन्दगीमा अरु आनन्द केहि नहुने उनको भनाई छ यसरी हाम्रो समाजका युवाहरुका लागी आफ्नै देशमा व्यवसाय गर्दै सामाजिक सेवा गर्न सकिने तिर्थ प्रेणाका स्रोत वनेका छन्।