RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/१६ गते
८४६ पटक

वैदेशिक रोजगारीको प्रक्रियामा आबद्ध हुने १९ निकाय तथा संस्थाहरूवैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफआईएमएस)मा आबद्ध भएका छन् ।

यो आवद्धतासँगै म्यानपावरको रोक्का, युवा भर्ना तथा छनोट, कल्याणकारी, बिमा राजस्व, दस्तुर, धरौती, श्रम स्वीकृति प्रक्रिया, श्रम स्टीकर, अध्यागमन प्रक्रिया, मागपत्र प्रमाणीकरण लगायतका काम अनलाइनबाट हुनेछ ।

वैदेशिक रोजगारीको प्रक्रियामा आबद्ध हुने १९ निकाय तथा संस्थाहरूवैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफआईएमएस)मा आबद्ध भएका छन् ।यो आवद्धतासँगै म्यानपावरको रोक्का, युवा भर्ना तथा छनोट, कल्याणकारी, बिमा राजस्व, दस्तुर, धरौती, श्रम स्वीकृति प्रक्रिया, श्रम स्टीकर, अध्यागमन प्रक्रिया, मागपत्र प्रमाणीकरण लगायतका काम अनलाइनबाट हुनेछ ।

सरकारले वैदेशिक रोजगारीमा जाने युवाको प्रक्रियालाई सरल, व्यवस्थित बनाइ ठगी नियन्त्रण गर्न हालसम्म १९ वटा सरोकारवाला नियकलाई अनलाइन सञ्जालमा आबद्ध गरेको हो ।वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली कार्यविधि २०७६ लागू गरी विदेश जाने युवासँग सरोकार राख्नेमुख्य म्यानपावर, श्रम कार्यलय, बिमा, अध्यागमन र वित्तीय संस्था, अभिमुखीकरण र नियोग लगायतलाई

एफएईआईएमएस सञ्जालमा आबद्ध गरेको हो ।एफएईआईएमएसमा राहदानी विभाग, म्यानपावर, नियोग, स्वास्थ्य संस्था, बिमा कम्पनी, श्रम कार्यालय, वैदेशिक रोजगार बोर्ड, बैक, अभिमुखीकरण संस्था,श्रमिक, वैदेशिक रोजगार विभाग, अध्यागमन विभाग, तालिम प्रदायक संस्था र कन्सुलर कार्यालयलाई आबद्ध गरिएको छ । कारोेबार दैनिकबाट ….

प्रतिकृया दिनुहोस्