रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/६ गते
१३९२ पटक
काठमाडौं । नेपाल बाढी सूचना केन्द्रले अविरल वर्षाका कारण देशका मुख्य र तिनका सहायक नदीमा बहाव खतराको सूचकमाथि जाने भएकाले सतर्क अपिल गरेको छ ।
केन्द्र मंगलबार बिहान एक सूचना जारी गर्दै, नारायणी र सोका सहायक नदीमा बहाव खतराको संकेतभन्दा माथि हुने जनाएको छ। उसले नवलपरासीको सुस्तामा डुवानको जोखिम हुने जानकारी दिएको छ। महाशाखाले बिहान साढे ८ बजेतिर ट्विटमार्फत जारी गरेको सूचनाअनुसार नारायणी र सहायक नदीमा बहाव खतरा माथि हुने र त्यसले नवलपरासीको सुस्तामा डुबानमा पर्ने जोखिम छ।
यस्तै कोसी नदीको सतह पनि खतरा नजिक पुग्ने सम्भावना छ भने कन्काई, कमला, बागमती, तिनाउ, पूर्वी राप्ती नदीको जलस्तर पनि खतराको बिन्दु आसपास पुग्ने भएकाले तटीय क्षेत्रमा रहेका वासिन्दालाई सतर्क रहन भनेको छ।