RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/१४ गते
१४६८ पटक

गुल्मीमा कागती कृषकलाई ७ लाख ४० हजार अनुदान दिइएको छ । कृषि ज्ञान केन्द्र गुल्मीले जिल्लाको मुसिकोट नगरपालिका वामीमा रहेको वामी कृषि शहकारी संस्थामार्फत अनुदान दिइएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

“कृषि ज्ञान केन्द्र गुल्मीको आर्थिक सहयोगमा सञ्चालित नगरपालिकाको वडा नं ७ र ८ मा रहेका सहकारीमार्फत कागती र सुन्तलाको व्यावसायिक खेती गर्ने ५ जना कृषकलाई ७ लाख ४० हजार रुपैयाँ अनुदान रकम उपलब्ध गराएका छौं ।”

कृषि ज्ञान केन्द गुल्मीका प्रमुख बुद्धिराज घिमिरेले भने । ५ जना कृषकले त्यस स्थानमा ५ हजार कागतीका बिरुवा रोपेका छन् । नगरपालिका भित्रका कृषक चुराबहादुर केसी, शिव खरेल, पोमलाल लोहनी, नारायण सापकोटा र होमनाथ सापकोटाले अनुदान रकम पाएका हुन् ।

“कृषक चुराबहादुर केसीले दुई हजार विरुवा रोपेर २ लाख ९६ हजार, शिव खरेलले १ हजार ३ सय बिरुवा रोपेर १ लाख ९२ हजार ४ सय रुपैयाँ, पोमलाल लोहनीले ७ सय बिरुवा रोपेर १ लाख ३ हजार ६ सय रुपैयाँ, नारायण सापकोेटा र होमनाथ सापकोटाले ५-५ सय बिरुवा रोपेर ७४÷७४ हजार रुपैयाँ अनुदान पाएका छन् ।” कृषि ज्ञान केन्द गुल्मीका प्रमुख घिमिरेले भने । कृषकले व्यवसायिक रुपमा कागती खेती सुरु गरिसकेका छन् ।

“राज्यले कृषकलाई प्रोत्साहन, कृषिलाई प्राथमिकतामा राखेर काम गरेको छ । व्यावसायिक कृषकलाई अनुदानले कृषि पेसामा आर्कषण गर्ने नगरपालिकाले अपेक्षा गरेको छ ।” मुसिकोट नगरप्रमुख सोमनाथ सापकोटाले भने ।

व्यावसायिक खेती गर्न चाहेमा सरकारले त्यस्ता कृषकलाई पनि अनुदानकोे व्यवस्था गरेको र कृषकले उत्पादन गरेका कृषि उपजकोे बजार सुनिश्चितता गर्ने नगरपालिकाले जनाएको छ ।

कृषि ज्ञान केन्द्र गुल्मीले विभिन्न सहकारी संस्थासँग सहकार्य गरेर कृषकलाई अनुदान प्रदान गर्दै कृषि क्षेत्रमा आर्कषित गराउँदै आएको छ । जिल्लाको मालिका गाउँपालिकाले पनि कृषि गर्न चाहनेलाई अनुदान तथा बिरुवा वितरण गर्दै आएको गाउँपालिकाले जनाएको छ । जिल्लामा रहेका सबै स्थानीय तहले कृषि क्षेत्रलाई प्राथामिकतामा राखेका छन् । कारोबार दैनिकबाट

प्रतिकृया दिनुहोस्