RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/१६ गते
१८८६ पटक

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही  बाढी र पहिरोको क्षति अनुगमन गर्न गृह जिल्ला कालिकोट पुग्नु भएको छ ।  केही दिन यताको अबिरल वर्षाका कारण मुख्यमन्त्रीको गृह जिल्ला कालिकोटमा बाढी पहिरोमा परेर ७ जना बेपत्ता भएका छन भने १४ जनाको मृत्यु भएको छ  ।

निरन्तर बाढी र पहिरोले क्षति हुने क्रम नरोकिए पछि संघिय राजधानी काठमाण्डौमा रहनु भएका मुख्यमन्त्री शाही हेलीकोप्टर मार्फत सिधै गृह जिल्ला पुग्नु भएको हो । पहिरोमा परि बेपत्ता र मृत्यु हुनेको संख्या कालिकोटमा २१ पुगेको छ भन,े सयौ नागरिक घरवार बिहिन भएका छन सयौ पशु चौपाया मरेका छन भने बाटोघाटो पुलपुलेसा भत्किएर  आवतजावतमा कठिनाइ भएको छ ।

बाढी र पहिरोले बिक्षिप्त बनेका नागरिकलाई भेटघाट गरि पिडितको अबस्था बुझ्न गृह  जिल्ला पुगेका मुख्यमन्त्री शाहीले  मौशमले साथ दिएसम्म   ठुलो मानवीय क्षतिभएको कालिकोटको  रास्कोट नगरपालिका १ ,नरहरीनाथको वडा नं  ७ दागा सान्नी त्रिर्बेणी ६ मा पर्ने पोरीबन  आएको बाढीले घर भत्कीदा शुक्रबार बिहान  कालिकोटको सान्नीत्रिर्बेणी ६ मा दुइ जनाको मृत्यु भएको घटनाका पिडीत रास्कोटको सान्तिघाट लगाएतका क्षेत्रको अवलोकन भ्रमण गर्नु हुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

बाढीको अबस्था बुझे पछि मुख्यमन्त्री शाहीले जिल्ला स्थित दैबि प्रकोप उद्धार समितिलाई  आबश्यक निर्देशन गर्ने बुझीएको छ ।
बाढीले घर बगाउदा  सान्नित्रिर्बेणी ६ नं वडाकी वर्ष ३० की तारा संज्याल र ५५ वर्षका प्रशुराम संज्यालको मृत्यु भएको थियो भने  ।  बिहिबार बेलुका  महावै गाउँपालिका ७ मा पहिरोले घर भत्किदा दुई जनाको मृत्यु भएको थियो ।

चार जना वालक घाईते भएका थिए ्। महावै गाउँपालिका कोटवाडा गाउँमा बुधवार दिउसो घरमाथी बाट पहिरो आउदा घर पुरिएर महावै गाउँपालिका ७ का सुर्ज महताराका छोरा १० वर्षिया गणेश महतारा र टेकराज भण्डारीका ५ वर्षिया छोरी भावना भण्डारीको मृत्यु भएको थियो । प्रहरीका अनुसार  ४ जना वालवालिका गम्भिर घाईत भएका छन । घाईतेहरुको अवस्था गम्भिर रहेको  छ ।

यसैगरि कालिकोटमा पहिरो ठुलो मानविय क्षति भएको छ । सोमबार नरहरीनाथ गाउपालिका ७ र ४ मा पहिरोले घर पुरिदा ९ जनाको मृत्यु भएको थियो  भने आइतबार नरहरीनाथ ८ का १६ वर्षिया पारस भण्डारा र रास्कोट नगरपालिका १ का ७ जना र खाडाचक्र ५ कि अविसरा शाही वेपत्ता भएका थिए ।

बाढी र पहिरोले ठाउँठाँमा  सडक , पुलपुलेसा  बगाएकाले आवतजावत पनि कठिन भएको छ । वर्षाले पहिरो जादा  सुर्खेत जुम्ला राजमार्ग र कर्णाली करिडोर पनि अबरुद्ध भएको छ । बाढीले पोदमारा साना जलबिद्युत आयोजनाको क्यानेल बगाए पछि जिल्ला अन्धकार  भएको छ ।  यी सबै अबस्थाका बिषयमा मुख्यमन्त्रीले अनुगमन गर्ने बताइएको छ । भ्रमण पछि प्रदेश राजधान िपुगेर मुख्यमन्त्रीले आबश्यक निर्णय लिने बुझीएको छ ।

प्रतिकृया दिनुहोस्