RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/२१ गते
११३० पटक

गत आर्थिक वर्षभित्र मुलुकमा झन्डै २ खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ र खनिज आयात भएको छ । आर्थिक वर्ष २०७६÷७७ मा १ खर्ब ९५ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको भन्सार विभागको तथ्यांक छ ।

भन्सार विभागका अनुसार एक वर्षमा पेट्रोलियम पदार्थसहित खनिज र इन्धन आयातमा मात्रै करिब २ खर्ब मूल्य बराबरको आयात भएको हो ।

जसमा एक खर्ब ४७ अर्ब रुपैयाँ बराबरको २६ लाख किलोलिटर पेट्रोलियम पदार्थ र अन्य खनिज तेल, अलकत्रा आयात भएको हो । एक वर्षको अवधिमा १ खर्ब ९५ अर्ब ७९ खनिज तेल, त्यसका विभिन्न प्रकारका उत्पादन, अलकत्राजस्ता खनिज पदार्थ र इन्धन आयातमा भएको हो ।

भन्सार विभागका अनुसार एक वर्षमा स्वदेशी वस्तुको निर्यात भन्दा दोव्बर परिणाममा पेट्रोलियम पदार्थजन्य खनिज इन्धन आयात भएको हो । नेपालमा एक वर्षको अवधिमा आइरन र स्टीलको आयात समेत १ खर्बभन्दा माथिको रहेको छ ।

यस्तो पदार्थ नेपालबाट भने १ अर्ब ७५ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।फलाम र स्टिलका सामानको आयात भने १९ अर्ब १४ करोड रुपैयाँ बराबरको भएको छ ।

यस्तो वस्तुको निर्यात १ अर्ब १५ करोड रुपैयाँ बराबरको भएको छ । सवारी साधनको आयातमा मात्र ६५ अर्ब रुपैयाँ विदेशिएको छ । आर्थिक वर्ष ११ खर्ब ९६ अर्ब ७९ करोड ९ लाख ५३ हजार रुपैयाँको आयात भएको भन्सार विभागको तथ्याङक छ । सो अवधिमा ९६ अर्बको रुपैयाँ बराबरको निर्यात भएको छ ।कारोबार दैनिकबाट

प्रतिकृया दिनुहोस्