RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/१७ गते
१६५२ पटक

काठमाडौं :  प्रदेश अध्यक्षबाट रिपोर्टिङ सकिएपछि १५ समूहका नेताले आआफ्नो समूहगत छलफलबाट आएको प्रतिवेदन पेश गर्ने क्रम सुरु भएको हो।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, महासचिव विष्णुप्रसाद पौडेलको साङ्गठनिक प्रतिवेदन र  विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल गरेर समूह नेताले प्रतिवेदन प्रस्तुत गर्न सुरु गरेका हुन्।

शुक्रबार समूह-२ की कमला रोका, समूह ६ का दीनानाथ शर्मा र समूह १३ का लेखनाथ न्यौपानेले समूहको तर्फबाट प्रतिवेदन पेश गरेका छन्।

प्रतिकृया दिनुहोस्