
साउन २७ । वर्ल्डोमिटर्सका अनुसार मंगलबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई करोड नाघेको हो ।
त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ लाख ३३ हजार ८ सय ९७ रहेको छ । त्यस्तै संक्रमण पुष्टि भएकाहरुमध्ये एक करोड २२ लाखभन्दा बढी निको भएका छन् ।
त्यस्तै अमेरिकापछि सबैभन्दा बढी प्रभावित ब्राजिलमा करिब ३० लाख ७० हजार संक्रमित भएका छन् भने एक लाख एक हजार ७ सय ५२ जनाको मृत्यु भएको छ । ब्राजिलमा संक्रमण पुष्टि भएकामध्ये करिब २४ लाख निको भएका छन् ।
त्यस्तै तेस्रो स्थानमा रहेको भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २२ लाख १५ हजारभन्दा बढी पुगेको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ हजार ३ सय ८६ पुगेको छ । भारतमा संक्रमण पुष्टि भएकामध्ये करिब १५ लाख ३५ हजार निको भएका छन् ।
चौथो स्थानमा रहेको रुसमा संक्रमितको संख्या करिब ९ लाख पुगेको छ । रुसमा कोरोना संक्रमणबाट १४ हजार ९ सय ७३ जनाको मृत्यु भएको छ ।
विश्वका विभिन्न देशमा लकडाउन खुकुलो गरेसँगै कोरोना संक्रमण तीव्र रुपमा फैलिइरहेको छ । विश्व स्वास्थ्य संगठनले संक्रमण अझ बढ्न सक्ने चेतावनी दिँदै पूर्वसावधानी अपनाउन आग्रह गरेको छ