RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/१८ गते
९४८ पटक

काठमाडौं ।  नेकपाको केन्द्रीय कमिटी बैठकमा अधिकांश केन्द्रीय सदस्यले विवाद होइन सहमति खोज्दै पार्टीलाई एकजुट बनाउन सुझाएका छन् । उनीहरूले विभिन्न प्रकारका पूर्वाग्रह बिर्सेर एकताको सन्देश दिँदै पार्टीलाई गतिशील बनाउनुपर्ने आवश्यकता औंल्याए ।

नेकपाको चालू केन्द्रीय कमिटी बैठकमा विभिन्न १५ वटा समूह बनाएर छलफल भइरहेको छ । समूहमा भएको छलफलमा अधिकांश सदस्यले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामा पनि सहमति खोज्न सुझाव दिएका छन् । सम्झौतालाई अधिकतम रूपमा राष्ट्रिय हित अनुकूल हुनेगरी पारित गर्नुपर्ने आवश्यकता उनीहरूले औंल्याए।

बुधबारदेखि सुरु भएको नेकपा केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यले शुक्रबार पक्ष वा विपक्षमा उभिएर विवाद नगरी संविधानविपरीतका सर्त संशोधन गरी पारित गर्नुपर्ने सुझाव दिएका हुन् । नेतृत्वबाट नै गुट चलाउने काम गलत भएको भन्दै गुट उपगुटको अन्त्य हुनुपर्नेमा केन्द्रीय सदस्यले जोड दिएका छन् ।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा छलफल गर्दै यस्तो सुझाव दिइएको हो ।  समूह ९ का टोली नेता भगवती चौधरीले एमसीसी सम्झौतामा नेताहरूले विवाद गर्नुभन्दा संविधानविपरीतका सर्त संशोधन गरेर पारित गर्नुपर्ने बताइन् ।राजधानी दैनिकबाट ….

प्रतिकृया दिनुहोस्