RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/१९ गते
१४९३ पटक

काठमाडौं आज सम्पन्न केन्द्रीय कमिटी बैठकले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका सरकार सञ्चालनका लागि सम्बन्धित कमिटीले संयन्त्र बनाएर जनताको पक्षमा काम गर्ने गरी परिचालन गर्ने निर्णय गरेको हो ।

बैठकले एक ब्यक्ति एक पदको नीतिलाई दृढताका साथ कार्यान्वयन गर्ने निर्णय पनि गरेको रावलले जानकारी दिनुभयो । यसअघि एकै ब्यक्तिलाई तीन चार ओटा पद थुपार्ने काम भएको भन्दै केन्द्रीय सदस्यहरुले चर्काे आवाज उठाएपछि बैठकले एक ब्यक्ति एक पदको नीति लागू गर्ने निर्णय गरेको हो ।

‘बिगतमा त्रुटी भयो, अव कडाइका साथ एक ब्यक्ति एक पदको नीति लागू गर्ने निर्णय भएको छ, आगामी दिनमा यस्तो ब्यवस्था हुने निर्णय बैठकले गरेको हो,’ रावलले भन्नुभयो ।

प्रतिकृया दिनुहोस्