रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/४ गते
८६२ पटक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतबार साढे ११ बजे पेरिसडाँडामा सुरु भएकाे छ । शुक्रबार तय भएकाे बैठक स्थगित गरी आज सारिएको थियो।
पछिल्लो स्थायी कमिटी बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी सञ्चालनको कार्यकारी अधिकार दिने निर्णय गरे लगत्तै तत्कालीन माओवादी केन्द्रको पार्टी मुख्यालय पेरिसडाँडामा नेकपा बैठक बोलाइनुलाई अर्थपूर्ण मानिएको छ । यसअघि अधिकांश बैठक बालुवाटार र पार्टी मुख्यालय धुम्बाराहीमा डाक्ने गरिएको थियो।
आजको सचिवालय बैठकमा स्थायी समितकाे २६ भदाैकाे बैठकले पारित गरेका प्रस्ताव कार्यान्वयन, पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने, रिक्त रहेका संवैधानिक अंगमा नियुक्तिको प्रक्रिया अघि बढाउने विषयमा छलफल हुने सचिवालय स्रोतले जनाएको छ। स्रोतका अनुसार बैठकमा मन्त्रिमण्डल पुनर्गठनबारे पनि छलफल हुनेछ।