रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/४ गते
५२७ पटक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा सरकारको काम कारबाहीलाई थप प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारे छलफल सुरु भएको छ ।
आइतबार बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनको आवश्यकता देखिएको र त्यस एजेण्डामा गम्भीरताका साथ छलफल सुरु भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार यसबारे बैठकमा सदस्यहरुले विभिन्न सुझाव दिएका छन् तर मापदण्ड भने बनिनसकेको छैन । नेकपाभित्र मन्त्रिमण्डल पुनर्गठनबारे आवाज उठ्दै आएकोमा आजको बैठकमा औपचारिक यस विषयले प्रवेश पाएको हो ।
यस्तै सांगठनिक एकीकरणका बँँकी कार्यभारत पूरा, रिक्त रहेका स्थायी समिति र केन्द्रीय समितिमा मनोनयन गर्ने लगायतका विषयमा पनि छलफल सुरु भएको श्रेष्ठले जानकारी दिए ।