RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/४ गते
१४३३ पटक

सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले राष्ट्रिय वाणिज्य बैंकलाई विपन्न नागरिकको जीवनस्तरमा सुधार ल्याउने खालका कर्जा प्रवाहका लागि आग्रह गरेका छन् ।

उनले मुनाफा मात्रै नभई जोखिमयुक्त क्षेत्रमा लगानी गरेर नागरिकको जीवनस्तरमा सुधार ल्याउने कर्जामा लगानी गर्न सुझाव दिए । “बैंकिङ क्षेत्रमा वाणिज्य बैंकको आफ्नै गौरवमय इतिहास छ,

मुनाफा र प्रशस्त प्रतिष्ठा आर्जन गरेको छ”, मन्त्री ज्वालाले भने, “अब बैंकले मुनाफा मात्र नभई सर्वसाधारण नागरिकको मन जित्न गुणस्तरीय तथा प्रभावकारी सेवा प्रवाहमा पनि ध्यान दिनु जरुरी छ ।”

प्रदेश राजधानी वीरेन्द्रनगरमा सेवाग्राहीको चाप बढेपछि बैंकले कर्णाली प्रदेशमा १९औँ शाखाका रुपमा यहाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकको वीरेन्द्रनगर शाखाको आज उद्घाटन गर्दै उनले तल्लो वर्गका नागरिक बैंकिङ लाभबाट वञ्चित रहेको बताए ।

प्रतिकृया दिनुहोस्