RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/५ गते
६७४ पटक

नेपालमा पछिल्लो २४ घण्टामा १००५ जनाले कोरोना भाइरससँगको लडाई जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतकले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १००५ जना कोरोना जितेर डिष्चार्ज भएका हुन । पछिल्लो २४ घण्टामा डिष्चार्ज भएकासँगै कोरोना जित्नेको कुल संख्या नेपालमा ४७ हजार २३८ पुगेको छ ।

स्वास्थ्य प्रवक्ता गौतमका अनुसार डिष्चार्ज हुनेमा प्रदेश १ मा ४२३७, प्रदेश २ मा १२३८९, बागमति प्रदेशमा ११३९६, गण्डकी प्रदेशमा २७९५, प्रदेश ५ मा ७४३७, कर्णाली प्रदेशमा २७३० र सुदुरपश्चिम प्रदेशमा ६२५४ जना कोभिड संक्रमणबाट मुक्त हुनुभएको छ । आजसम्म डिष्चार्ज हुनेको संख्या ७२ प्रतिशत रहेको उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्