RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/६ गते
५३४ पटक

काठमाडौं । सरकारले निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनको आसन्न निर्वाचन स्थगन गर्ने निर्णय गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

कोरोना महामारीमा चुनाव गर्न उपयुक्त नभएको भन्दै यही असोज २४ का लागि तय भएको निर्वाचन उचित समयमा मिति तोक्ने गरी हालका लागि स्थगित गरेको हो ।

साथै बैठकले ‘हिमचितुवा’ का नामले परिचित कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय पनि गरेको छ । बैठकले उनको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्ने र शेर्पाको नाम चिरस्थायी बनाउन राज्यले पहल गर्ने निर्णय पनिगरेको छ ।

प्रतिकृया दिनुहोस्