RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२१ गते
१११५ पटक

काठमाडौं । सर्वोच्च अदालतमा हाई प्रोफाइलको भ्रष्टाचार मुद्दाको सुनुवाइमा विलम्ब हुँदै आएको छ । झन्डै आठ वर्षदेखि सर्वोच्चमा थाती रहेको भ्रष्टाचार मुद्दाको पेसी तोक्ने र स्थगित गर्ने क्रमले निरन्तरता पाइरहेको छ ।

६ फागुन २०६९ मा दर्ता भएको नेपाली कांग्र्रेसका नेता गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दामा पटक–पटक पेसी तोकेर फाइल मगाउने आदेश मात्र भएको छ ।

जोशीको भ्रष्टाचार मुद्दामा ४६औं पटक पेसी ताकेर अन्तिम किनारा लगाउन सुनुवाइ भइरहँदा जोशीका कानुन व्यवसायीले यसअघि आय गणनामा भएको व्याख्याविरुद्ध परेको मुद्दा सर्वोच्चमा विचाराधीन भएकाले सो फैसला नभएसम्म रोक्न माग गरेपछि मुद्दाको पेसी तोक्ने काम रोकिँदै आएको हो ।

भ्रष्टाचारका मुद्दामा सर्वोच्चले निर्माण गरेको नजिरहरूको एकरूपता नभएको र आयल निगमका पूर्वप्रमुख युवराज शर्माको मुद्दा विचाराधीन रहेकाले सार्नुपर्ने माग जोशीका कानुन व्यवसायीले गरेपछि यो मुद्दा रोकिएको हो । जोशीको मुद्दा पनि शर्माको मुद्दासँगै राख्ने आदेश भएपछि हाल विचाराधीन छ ।राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्