RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/१७ गते
५८२ पटक

काठमाडौं,  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले इञ्चार्ज–सहइञ्चार्जसहित जिल्ला र पालिकाको एकता टुंगो लगाएको छ । युवा संघका संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलले लामो गृहकार्यपछि इञ्चार्ज, सहइञ्चार्जसहित जिल्ला र पालिकाको नेतृत्व टुंग्याएको हो ।

नेकपा एमाले र मोआवादी केन्द्र एकता भएपछि तत्कालिन युवा संघ र वाइसिएलको समायोजनबाट बनेको युवा संघको जिल्ला नेतृत्व पहिला नै तोकिसकिएको थियो । एकता टुंगो लागेसँगै सो संगठनले सर्कुलर जारी गरेको छ । संयोजक सापकोटा र सहसंयोजक पौडेलले हस्ताक्षर गरी सवै तहमा कार्यान्वयनका लागि पठाइएको छ । युवा संघका सहसंयोजक पौडेलले सकेसम्म सवैलाई न्याय हुने गरी जिम्मेवारी तोकेर एकता टुंग्याएको जनताटाइम्सलाई बताउनु भयो ।

संयोजक सापकोटाले पनि सकेसम्म न्याय दिने प्रयाश गरेको बताउनु भएको छ । ‘एकताको यो विशाल संगठनमा निर्णित जिम्मेवारीहरुले इच्छा, भावना र योगदान नसमेटेको पनि हुन सक्छ । यसलाई एकताको महासागर सम्झी यो नै एउटै र अन्तिम लक्ष्य नभएको कुरा याँहाहरुले बुझ्नुभएको छ भन्ने कुरामा विश्वस्त हुँदै एकता प्रक्रिया टुग्याउँन महत्वपुर्ण भुमिका खेल्नुहुने सम्पुर्ण नेता कमरेडलाई धन्यवाद,’ सापकोटाले भन्नुभएको छ ।

प्रतिकृया दिनुहोस्