RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/२२ गते
५८५ पटक

जाजरकोट ,  जाजरकोटको जुनीचाँदेमा हिजो भएको जीप दुर्घटना मा बडाध्यक्ष सहित ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना बेपत्ता र एक जना गम्भीर घाईते हुनुभएको छ । जाजरकोट सदरमुकाम खलङ्गाबाट जुनीचाँदेतर्फ गैरहेको भे १ ज ९३५ नम्बरको जीप जुनीचाँदे गाँउपालिका १ औलभीरमा दिउँसो ३ बजे दुघर्टना मा परेको हो ।
जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठका अनुसार मृत्यु हुनेमा जुनीचाँदे गाँउपालिका वडा नम्बर ११ का वडाध्यक्ष ५० वर्षिय अमरबहादुर शाही, वडा नम्बर ११ कै ६२ बर्षिय पूर्व जिविस सदस्य कृतिबहादुर शाही , लालबहादुर बुढा र सोही वडाका स्वास्थ्यकर्मी ३२ बर्षिय खेमराज शाही रहनु भएको छ । त्यस्तै वडा नम्बर ५ गर्खाकोटका २९ बर्षिय स्वास्थ्यकर्मी कृष्णबहादुर शाही र मटेलाकी २५ बर्षिया बीद्यार्थी मालिका बस्नेतका रहनु भएको छ ।
दुर्घटनामा परि एक जना मजकोट खोलामा बेपत्ता हुनु भएको छ भने वडा नम्बर ११ का ५५ वर्षिय शिक्षक नरबहादुर बुढा गंभिर घाईते हुनु भएको र हाल उहाँको सुर्खेतमा उपचार भइरहेको छ । औलभीरबाट खसेको गाडी करीव पाँच सय मिटर तल रहेको मजकोट खोलामा परेको थियो ।
यता बाटोको स्तरोन्नती नहुँदा ठूलो मानवीय क्षति भएको भन्दै उचित क्षतिपूर्तीको माग सहित स्थानीय आक्रोशमा आएकोे जनाइएको छ । स्थानीय रेशम खड्काका अनुसार सडकको ग्रेड नमिलेको, थोत्रा गाडी संचालन गर्ने गरिएको र चालकको लापरवाहीले दुघर्टना भएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी चेतराज वरालले राम्रो सँग सञ्चार सम्पर्क हुन नसक्दा स्थानीय किन आक्रोशित भएका हुन् एकिन हुन नसकेको बताउनुभयो । हालसम्म सवै मृतकका शव दुर्घटना स्थलमै रहेको र परिवार र स्थानीय जनप्रतिनिधिहरु सँग समन्वय गरि पोष्टम मार्टम गरिने समेत प्रजिअ वरालको भनाई रहेको छ ।
गाडी चालक गोरख बस्नेत भने दुर्घटना लगत्तै फरार भएका बताइएको छ । घटनास्थल सदरमुकाम खलंगा देखि २० कोष पश्चिम पर्दछ ।

गोरखापत्र दैनिकबाट

प्रतिकृया दिनुहोस्