RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/२८ गते
८०९ पटक

अमेरिकी कम्पनी एप्पलले आइफोन १२ सार्वजनिक गरेको छ । एप्पलले आइफोन १२ का चार मोडल सार्वजनिक गरेको हो । मंगलबार उसले डिजिटल इभेन्ट मार्फत नयाँ आइफोन सार्वजनिक गरेको हो ।

आइफोन १२ का मोबाइलहरु ५ जी नेटवर्क युक्त हुने एप्पलले जनाएको छ । एप्पलका प्रमुख टिम कुकले भने, ‘हामीले आइफोनमा ५ जी नेटवर्क ल्याउँदै छौँ । आइफोनका लागि यो नयाँ युगको सुरुवात हो ।’

एप्पलले आइफोन–१२, ६४, १२८ र २५६ जिबी स्टोरेज क्षमतामा उपलब्ध हुने जनाएको छ । यस्तै आइफोन–१२ मिनी पनि ६४, १२८ र २५६ जिबी स्टोरेज क्षमतामा उपलब्ध हुनेछ । फाइफोन–१२ प्रो को स्टोरेज क्षमता १२८, २५६ र ५१२ जिबी तथा आइफोन–१२ प्रो म्याक्सको स्टोरेज क्षमता १२८, २५६ र ५१२ जिबी रहेको एप्पलले जनाएको छ ।

आइफोन–१२ सिरिजका फोनहरुको मूल्य एक लाख १२ हजारदेखि दुई लाख ८ हजार रुपैयाँसम्म पर्नेछ ।

आइफोन–१२ मिनीका लागि विश्वभर नोभेम्बर ६ देखि प्रि अडर सुरु हुनेछ । १३ नोभेम्बरदेखि ती फोन पाउन थालिने छ । आइफोन–१२ र आइफोन–१२ प्रोको प्रि–अडर अक्टोबर १६ देखि सुरु हुने र अक्टोबर २३ देखि उपलब्ध हुन थाल्ने छ । आइफोन–१२ प्रो म्याक्सको प्रि–अडर भने १३ नोभेम्बरदेखि सुरु हुनेछ र २० नोभेम्बरदेखि बिक्री सुरु हुनेछ ।

कोरोना भाइरसको महामारीका कारण विश्वभर अर्थतन्त्र गम्भीर रुपमा प्रभावित भएको छ । तर पछिल्लो एक वर्षदेखि आइफोनको बिक्री भने बढेको छ ।

आइफोन–१२ प्रो मा स्क्रीनको आकार अघिल्ला आइफोनको भन्दा ठूलो छ । आइफोन–१२ को स्क्रीन ६.१ इन्चको हुने र पहिलेको भन्दा ११ प्रतिशत पातलो र १६ प्रतिशत हलुका हुने एप्पलले जनाएको छ ।

प्रतिकृया दिनुहोस्