RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२२ गते
१०६७ पटक

काठमाडौं । संसद सचिवालयमा कार्यरत कर्मचारीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दाको उच्च अदालत पाटनमा आज सुनुवाइ हुँदैछ । उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासमा पेसी तोकिएको छ ।

यसअघि उच्च अदालतले जिल्ला अदालतबाट महराको मुद्दासम्वन्धी कागजात मगाउने आदेश दिएको थियो । महराले उच्च अदालतमा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन गरेका थिए ।

आजको सुनुवाइमा उच्च अदालतले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सदर गर्ने वा बदर गर्ने निर्णय गर्नेछ । आफू अनुकुल उच्च अदालतको आदेश नआए महरा सर्वाेच्च जान पाउने छन् । त्यस्तै जिल्ला अदालतमा पनि उनको बकपत्र चलिरहेको छ ।राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्